नियम ५६
भैपरी आउने र पर्व विदा
(१) निजामती कर्मचारीले प्रत्येक वर्ष भैपरी आउने विदा छ दिन र पर्व विदा छ दिन गरी जम्मा बाह्र
दिन विदा लिन पाउनेछ ।
(२) भैपरी आउने र पर्व विदामा बस्ने निजामती कर्मचारीले पूरा तलब पाउनेछ ।
(३) भैपरी आउने र पर्व विदा आधा दिन पनि लिन सकिनेछ ।
स्पष्टीकरण ः यस उपनियमको प्रयोजनको लागि “आधा दिन” भन्नाले दैनिक कार्यालय समयको आधा समय सम्झनु पर्छ ।
(४) एक वर्षको भैपरी आउने र पर्व विदा संचित गरी अर्को वर्षमा लिन पाइने छैन ।
(५) मौखिक अनुरोधको आधारमा पनि विदा दिने अधिकारीले भैपरी आउने र पर्व विदाको स्वीकृति दिन सक्नेछ ।
तर त्यसरी भैपरी आउने र पर्व विदाको स्वीकृति दिएकोमा विदा दिने अधिकारीले सोको अभिलेख राख्न लगाउनु पर्नेछ ।